Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

भक्तपुरबाट लागूऔषध ओसारपसार संलग्न तामाङ र खड्का पक्राउ

काठमाडौं । भक्तपुरको कमल विनायकबाट लागूऔषध बिक्री वितरण तथा ओसारपसार संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका–१ घर भई हाल भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने बर्ष ३३ का रविन तामाङ र सोही स्थानमा घर भई हाल कमलविनायक नै बस्ने वर्ष ३४ की सुस्मिता खड्का रहेका छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुको डेरा कोठामा खानतलासी गरी हेर्दा लागूऔषधसहित चोरी गरी राखिएका मोटरसाइकलको हेल्मेटसमेत फेला पारेकोे जनाएको छ ।

लागूऔषधसम्बन्धी कसुरमा उनीहरूलाई जिल्ला अदालत भक्तपुरमा पेस गरिएको परिसरले जनाएको छ । उनीहरूमाथि थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077