Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तस्बिरमा हेर्नुस् नेपाल प्रहरीको कुकुर तिहार

काठमाडौं । तिहारको दोस्रो दिन सोमबार कुकुर तिहार नेपाल प्रहरीले विभिन्न कार्यक्रम गरी मनाएको छ ।

कुकुरलाई टीका र माला लगाइ दिएपछि मीठा परिकार दिएर पूजा गरी कुकुर तिहार मनाएको हो ।

कार्यक्रममा कुकुरबाट विभिन्न कला प्रस्तुत गरेको थियो । प्रहरीले प्रत्येक वर्ष यसरी नै कुकुर तिहार मनाउँदै आएको छ ।

कुकुरलाई इमान्दार जनावर मानिन्छ । घरपरिवारको सुरक्षा गरेबापत कुकुरको पूजा गरिँदै आएको छ ।

प्रहरीले अपराध अनुसन्धानका लागि भन्दै सातै प्रदेशमा कुकुर राखेको छ । प्रहरीसँग सात प्रजातिका ९५ कुकुर छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077