Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आज कार्तिक ७ गते सोमवार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०७९ साल कार्तिक ७ गते सोमवारको राशिफल ।

मेष

लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । शुभकार्यको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

मिथुन

आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मुद्दा मामिला आइलाग्नसक्छ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला ।

सिंह

नयाँ काममा हात हाल्ने समय छ । परिवारमा सुख सन्तोष छाउनेछ । अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।

तुला

आज ताके अनुरूप काम नबन्नाले दिक्क लाग्न सक्छ । वैदेशिक क्षेत्र कमजोर रहला । यात्रामा सावधानी अपनाउनु नै बुद्धिमानी हुनेछ ।

धनु

सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । राज्यबाट मान सम्मान पाइनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । मनोरञ्जनमा सहभागिता भइएला ।

कुम्भ

गरेका काममा ढिलासुस्ती हुनेछ । यात्रामा मालसामान हराउन सक्छ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर साँझमा शुभ समाचार सुन्न पाइनेछ ।

बृष

आज वित्तिय संस्थाबाट सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

कर्कट

आज नयाँ कपडा, अलङ्कारको प्राप्ति हुनेछ । लगनशीलताले आँटेका कामहरू अगाडि बढ्नेछन् । स्वादिष्ट परिकारका भोजन पनि पाइनेछ ।

कन्या

आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

बृश्चिक

आज हराएको आत्मविश्वास बढ्नेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग पनि छ ।

मकर

जोशजाँगर र हिम्मत बढ्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मनोरञ्जनमा सहभागी भइएला । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ ।

मीन

आज आफन्तको सहयोग प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । शुभ समाचार सुन्न पाइएला । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077