Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चुनावी घोषणापत्र छठपछि सार्वजनिक गर्ने एमालेको तयारी

काठमाडौं । नेकपा एमालेले आगामी मङ्सिर ४ गते हुने लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणापत्र छठपछि सार्वजनिक गर्ने तयारी गरेको छ ।

एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टका अनुसार घोषणापत्रमा प्राप्त सुझावहरू अध्ययन गरिरहेको र चाडपर्व सकिने बित्तिकै घोषणापत्र सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिए ।

“घोषणापत्र बनाउन सुझावहरू धेरैजसो आइसकेको छ, आएका सुझावहरूको अध्ययन भइरहेको छ”, सचिव विष्टले भने, “घोषणापत्रलाई अन्तिम रूप दिएर चाडपर्वलगत्तै सार्वजनिक गर्ने तयारी छ ।”

एमालेको चुनावी घोषणापत्र निर्माणका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा मस्यौदा समिति गठन गरिएको छ । उक्त समितिले आएका सुझावलाई समेटेर अन्तिम रूप दिने काम गरिरहेको उक्त विगागले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077