Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

छिमेकीको हत्या गरी फरार दुईजना १२ वर्षपछि पक्राउ

अर्घाखाँची । छिमेकीको हत्या गरेर फरार भएका अर्घाखाँचीका दुई जनालाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको भूमिकास्थान नगरपालिका १०, धनचौरका ४० वर्षीय शालिक बुढा र ३६ वर्षीय नारायण बुढा रहेका छन् । उनीहरुलाई आइतबार प्रहरीले अर्घाखाँची र कपिलवस्तुको सिमानाबाट पक्राउ गरेको थियो ।

भूमिकास्थान नगरपालिका–१० धनचौरका ४० वर्षीय दधिराम भुसालको हत्या गरेर उनीहरु १२ वर्षसम्म फरार रहेका थिए । दधिरामकी श्रीमती खुमकलाले जाहेरी दिएकामध्ये हत्यामा संलग्न ९ जनामध्ये ६ जनाको अदालतबाट कैद भुक्तानी भइसकेको छ ।

अभियुक्तमध्ये दुई जना आइतबार पक्राउ परे भने अझै एक जना फरार रहेको प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।

घटनापछि फरार रहेका दुवै जनालाई जिल्ला अदालतले २०७५ असार ३ गते २० वर्ष जन्मकैद फैसला गरेको थियो । कैद सजाय फैसला भएकाले दुवै जनालाई सजायको लागि कारागार पठाइने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077