Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निर्वाचन आयोगले खतिवडा र बानियाँलाई सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले मकवानपुर क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदका उमेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का नेता विरोध खतिवडा र मकवानपुर क्षेत्र नम्बर–२ ‘ख’बाट प्रदेशसभा सदस्य पदका उमेदवार बनेका नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँलाई स्पष्टीकरण सोधेको छ ।

खतिवडा र बानियाँले आफ्नो निर्वाचन क्षेत्रभित्र पर्ने मनहरी क्याम्पसका विद्यार्थीहरूलाई भ्रमणका लागि अग्रिम सहयोग जनही १५ हजार रुपैयाँ उपलब्ध गराएको विषयमा आयोगले २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न भनेको हो ।

निर्वाचन ९कसुर तथा सजाय० ऐन, २०७३ को दफा २१ को उपदफा (१) मा कुनै पनि उमेदवारले मतदातालाई प्रभाव पार्ने गरी नगद, जिन्सी दिन वा लिन नहुने उल्लेख छ ।

“तसर्थ, तपाईंबाट आफ्नो क्षेत्रका मतदातालाई प्रभाव पार्ने गरी रकम हस्तान्तरण भएको बारे के कसो भएको हो रु यदि, तपाईंबाट नगद वितरण कार्य भएको हो भने निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र उपदफा (४) तथा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २१ को उपदफा (२) बमोजिम किन कारबाही हुनुनपर्ने हो ?” आयोगको स्पष्टीकरणपत्रमा उल्लेख छ, “कुनै माध्यमबाट पत्र प्राप्त भएको २४ घण्टाभित्र आयोग वा आफू उमेवार रहेको जिल्लाको निर्वाचन कार्यालयमा आफैँ उपस्थित भई वा आफ्नो प्रतिनिधिमार्फत लिखित स्पष्टीकरण पेस गर्न निर्णयानुसार जानकारी गराइन्छ ।”

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077