बारा । बारामा खानेतेल चोरेर गरी बिक्री वितरण गरेको आरोपमा चारजना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार परवानीपुर गाउँपालिका–५स्थित मनोकामना आयल एन्ड फुड प्रोसेसिङ प्रालिबाट सिन्धुलीको कमलामाई नगरपालिकास्थित रोबिन सप्लायर्सका लागि पठाइएको तेल उनीहरूले बीच बाटोमै चोरी गरी बिक्री वितरण गरेका हुन् ।
पक्राउ पर्नेहरूमा नुवाकोटको शिवपुरी गाउँपालिका– १का सुकमान तामाङ, रौतहटको गौर नगरपालिका-१ का ३८ वर्षीय रमेशकुमार जयसवाल, रौतहटकै वृन्दावन नगरपालिका– ६ का ३८ वर्षीय शेख कलाम र ४७ वर्षीय वैद्यनाथ साह तेली रहेका छन् ।
उनका अनुसार पक्राउ परेकाहरूमध्ये तामाङ ट्रकचालक हुन् भने जयसवाल व्यापारी, कलाम र साह बिचौलिया रहेका छन् उनीहरुको साथबाट ३१७ कार्टुन तेल (३,१७० लिटर), खाली कार्टुन १५९ वटा र प्रदेश २-०३-००१ ख ४८१२ नम्बरको ट्रक बरामद गरिएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।
पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Leave a Reply