Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टी-२० विश्वकपमा आयरल्याण्डविरुद्ध श्रीलंकाको फराकिलो जित

एजेन्सी । आइसीसी टी-२० विश्वकप क्रिकेटमा आइतबार भएको पहिलो खेलमा श्रीलंकाले आयरल्याण्डमाथि ९ विकेटको फराकिलो जित हात पारेको छ ।

आयरल्यान्डले दिएको १२९ रनको लक्ष्य श्रीलंकाले १५ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको हो । श्रीलंकालाई जिताउन ओपनर कुशल मेन्डिसले नट आउट ६८ रन बनाए । उनले ४३ बलमा ५ चौका र ३ छक्का प्रहार गरेका हुन् ।

अर्का ओपनर धनञ्जय डी सिल्भा ३१ रनमा क्याच आउट भए । तेस्रो क्रमका ब्याटर चरिथ असलंका ३१ रनमा नट आउ रहे । आयरल्याण्डका ग्रेथ डिनालेले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको आयरल्याण्डले २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रन बनाएको थियो । उसका लागि ह्यारी टेक्टरले सर्वाधिक ४५ रन बनाए ।

उनले ४२ बलमा २ चौका र एक छक्का प्रहार गरे । ओपनर पल स्टर्लिङले ३४ रन बनाए । २५ बल खेल्दै उनले ४ चौका र एक छक्का प्रहार गरे । श्रीलंकाका लागि महेश थाक्सेना र वानिन्डु सिल्भाले सर्वाधिक २ विकेट लिए ।

यो जितसँगै श्रीलंका समूहको दोश्रो स्थानमा उक्लिएको छ । समान २ अंक भए पनि रन रेटका आधारमा न्युजिल्याण्ड पहिलो र इंग्ल्याण्ड तेश्रो स्थानमा छन् । यो समूहमा अफगानिस्तान, आयरल्याण्ड र अष्ट्रेलियाले कुनै अंक जोड् सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077