Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गृहमन्त्री खाँण भन्छन् - मुलुकभरका हवाई तथा स्थल नाकाहरु व्यवस्थित गर्छौं

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले नेपालका सबै हवाई तथा स्थल नाकाहरु सुुव्यवस्थित गर्न सरकार लागि परेको बताएका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पाँच दलीय गठबनधनको तर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा उम्मेदवार समेत रहेका मन्त्री खाँणले भैरहवामा आयोजित कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।

उनले सुरक्षा, पर्यटन प्रवद्र्धन तथा आर्थिक गतिबिधि चलायमान गराउन पनि नाका ब्यबस्थित गर्न जरुरी रहेकाले सरकार त्यसतर्फ लागिपरेको बताए ।

हवाई तथा स्थल नाका ब्यवस्थित नहुँदा मुलुकको आन्तरिक सुरक्षा र मित्र राष्ट्र छिमेकी मुलुकहरुबिरुद्ध नेपाली भूमिलाई प्रयोग गरेर हुन सक्ने गतिबिधि रोक्न पनि नाका ब्यबस्थित गर्नु पर्ने जरुरी रहेको उनको भनाई छ ।

उनले नेपालको भूमि प्रयोग गरी दुई छिमेकी मुलुकबिरुद्ध हुनसक्ने गतिबिधि हुन नदिन सरकार प्रतिबद्ध रहेको र आगामी दिनमा यसतर्फ अझ चनाखो र गम्भीर ढंगले सरकार अगाडि बढ्ने विश्वास दिलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077