Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

रावल र भुसालप्रति लक्षित गर्दै ओलीले भने – केही नेताले टिकट नपाउँदैमा रुवाबासी नगरौँ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही नेताहरुले निर्वाचनमा टिकट नपाएकोमा रुवाबासी गर्नुपर्ने आवश्यकता नरहेको टिप्पणी गरेका छन् ।

शनिबार पार्टी जिल्ला कमिटी ललितपुरले पाटनमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पार्टीको पक्षमा एक शब्द पनि नबोलेकाहरूलाई टिकट नदिएर अरूलाई अवसर दिइएको बताए ।

भीम रावल र घनश्याम भुसालप्रति संकेत गर्दै अध्यक्ष ओलीले अवसरै अवसर पाएकाहरुले सधैं टिकट पाउनुपर्ने के छ र भन्दै प्रश्न गरे ।

ओलीले २०४८ सालदेखि पद र सुविधा भोग गरिरहेकाहरु एकाधले अरुलाई पनि पालो दिनुपर्ने भएकाले उनीहरुले फेरि टिकट नपाउनु स्वाभाविक भएको बताए ।

उनले एमालेमा न्याय हुने र त्यो न्याय सापेक्षामा आधारित हुने आश्वासन समेत दिए । उनले पार्टीको हितमा नबोलेका उनीहरूलाई टिकट नदिइएको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077