Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वर्तमान सरकारका कारण मुलुक डरलाग्दो आर्थिक संकटमा पुगेको पौडेलको दाबी

बुटवल । पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुक डरलाग्दो आर्थिक संकटमा पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

नेपाल उद्योग तथा व्यवसायी महासंघले शनिबार बुटवलमा आयोजना गरेको कार्यक्रममा पूर्वअर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

वर्तमान सरकारको असफलताका कारण मुलुक डरलाग्दो आर्थिक संकटमा पुगेको उनले दाबी गरे । नाकाबन्दी, भूकम्प र कोरोना महामारीको अवस्थामा समेत नदेखिएको आर्थिक संकट अहिले देखिएको उनको भनाई छ ।

सरकारले आर्थिक संकट टार्ने अरु निकास खोज्नुको सट्टा निजी क्षेत्रको घाँटी निमोठ्ने काम गरेको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077