Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

लोकतन्त्रलाई परमादेश होइन जनादेशबाट बलियो बनाऔँ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई परमादेश होइन जनादेशमार्फत बलियो बनाउनुपर्ने बताएका छन् ।

नेकपा एमाले ललितपुरले तिहार तथा नेपाल संवतको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले लोकतन्त्रलाई परमादेशबाट होइन जनादेशमार्फत बलियो बनाउनुपर्ने र त्यसका लागि मंसिर ४ गते जनताले फैसला गर्नुपर्ने बताए ।

यस्तै उनले आफूलाई सत्ताच्युत गर्न प्रयोग भएको सर्वोच्च अदालत त्यसपछि क्रमशः सेटिङको अखडामा परिणत भएको समेत बताएका छन् ।

कुनै व्यक्तिलाई प्रधानमन्त्री तोक्न घण्टा तोकेर दिइएको परमादेश ऐतिहासिक गल्ती भए पनि अब त्यस्तो दोहोरिन नहुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077