Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • प्रधानमन्त्री देउवाको प्रश्न – ओलीले गठबन्धन गर्न हुने हामीले नहुने ?

    प्रधानमन्त्री देउवाको प्रश्न – ओलीले गठबन्धन गर्न हुने हामीले नहुने ?

    अनलाइन नेपाल
  • शनिबार, ५ कार्तिक २०७९
  • 765
    SHARES

    काठमाडौं । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेले गठबन्धन गर्न हुने हामीले नहुने भन्दै प्रश्न गरेका छन् ।

    एमालेले सत्ता गठबन्धनमाथि प्रश्न उठाएको प्रसंगमा विराटनगरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै देउवाले त्यस पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्न गरेका हुन् ।



    ‘ओलीले पनि गठबन्धन गर्नुभएकै छ। उहाँले गर्दा हुने हामीले गर्न नहुने ? भन्दै उनले प्रश्न गरे । यस्तै उनले संविधान रक्षाका निम्ति बनेको पाँच दलीय गठबन्धन स्वभाविक रहेको बताए ।



    गठबन्धनबारे कुनै पनि द्वविधामा नरहने देउवाले कार्यकर्तालाई आग्रह गरे । ‘हामीले एक अर्काको चुनाव चिन्हमा भोट हालौँ,’ उनले भने,’कुनैपनि हालतले गठबन्धनले जित्नुपर्छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार