काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिकको बन्द सूचीमा रहेका उम्मेदवारहरूलाई आजसम्म निर्वाचन खर्च बुझाउन समय दिएको छ ।
आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।
गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएर निर्वाचनको खर्च विवरण नबुझाएका तर आगामी मंसिर ४ गते हुने निर्वाचनको समानुपातिकको बन्द सूचीमा परेका उम्मेदवारलाई शनिबारसम्म खर्च विवरण बुझाउन आयोगले समय दिएको हो ।
आज सार्वजनिक बिदाको दिनमा समेत प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा कार्यालय समयभित्र जरिबाना बुझाउने व्यवस्था मिलाइएको र रकम नबुझाउने उम्मेदवारहरुको नाम समानुपातिकको बन्दसूचीबाट हटाउने निर्णय भएको आयोगले जनाएको छ ।