Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अध्यक्ष ओली भन्छन् - जनताको ‘महाअदालत’ ले आफ्नो पार्टी नेतृत्वमा सरकार बनाउँछ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो मङ्सिर ४ गतेपछि आफ्नो पार्टी नेतृत्वको सरकार बन्ने दाबी गरेका छन् ।

लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालले शुक्रवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अदालतले आफू नेतृत्वको सरकार हटाएको उल्लेख गर्दै उनले मङ्सिर ४ गते बस्ने जनताको ‘महाअदालत’ ले आफ्नो पार्टी नेतृत्वमा सरकार बनाउने बताए । उनले जनताको फैसला आफ्नो पार्टीको पक्षमा हुने गरी परिचालित हुन पार्टीका नेता, कार्यकर्तालाई सचेतसमेत गराए ।

उनले आफ्नो पार्टी नेतृत्वको सरकार बनेपछि जनकपुरमा चलिरहेको रेलको गतिमा विकास, निर्माणको कामले गति पाउने आश्वासन दिँदै त्यसका लागि गाउँ–गाउँमा गएर पार्टीको पक्षमा जनमत निर्माण गर्न पनि सिङ्गो पार्टी पङ्क्तिलाई आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077