Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अहिले नेपालीले आर्थिक र सांस्कृतिक सुरक्षा खोजिरहेका छन् : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले नेपालीले आर्थिक, सामाजिक र सांस्कृतिक सुरक्षा खोजिरहेको बताएका छन् ।

लोकतान्त्रिक आदिवासी जनजाति महासंघले काठमाडौंमा आयोजना गरेको एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

ओलीले आर्थिक रुपमा कुनै पनि नेपालीले उपचारमा समस्या हुने अवस्था नआओस, औषधिउपचारका लागि तथा खानपानका लागि चाहिने आर्थिक व्यवस्थापन स्वतस् गर्न सकियोस भन्ने चाहेको बताए ।

अध्यक्ष ओलीले भौगोलिक तथा सांस्कृतिक विविधता भएको नेपालमा नेपालीले सांस्कृतिक सुरक्षाको प्रत्याभूति हुने वातावरण अनुभूत गर्न चाहेको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077