Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • दुई पटकको विजेता वेष्ट इण्डिज आईसीसी टी-२० विश्वकपबाट बाहिरियो

    दुई पटकको विजेता वेष्ट इण्डिज आईसीसी टी-२० विश्वकपबाट बाहिरियो

    अनलाइन नेपाल
  • शुक्रबार, ४ कार्तिक २०७९
  • 999
    SHARES

    एजेन्सी । दुई पटकको विजेता वेष्ट इण्डिज आईसीसी टी-२० विश्वकपको समूह चरणबाटै घर फर्केको छ । अष्ट्रेलियामा आज (शुक्रबार) भएको खेलमा आयरल्याण्डसँग ९ विकेटको फराकिलो अन्तरले पराजित हुँदै वेष्ट इण्डिज टी–२० विश्वकपबाट बाहिरिएको हो ।

    वेष्टइण्डिजसँगको जितसँगै आयरल्याण्ड सुपर १२ मा पुगेको छ । वेष्ट इण्डिजले दिएको १४७ को लक्ष्य पछ्याएको आयरल्याण्डले १७.३ ओभरमा १ विकेट गुमाउँदै भेट्टायो ।



    आयरल्याण्डलाई जिताउँदै सुपर १२ मा पु¥याउन ओपनर ब्याटर पल स्टर्लिङले ६६ रनको अविजित पारी खेले । उनले ४८ बलमा ६ चौका र २ छक्का प्रहार गरेका हुन् ।



    लोर्कन टस्कर ४५ रनमा अविजित रहे । उनले ३५ बलमा २ चौका र २ छक्का प्रहार गरे । अर्का ओपनर एण्डी बलब्रिनी ३७ रनमा क्याच आउट भए ।

    वेष्ट इन्डिजका लागि अकेल होसेनले मात्र विकेट लिए । टस जितेर ब्याटिङ रोजेको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४६ रन बनाएको थियो ।

    वेष्ट इन्डिजका लागि ब्रान्डोन किङले सर्वाधिक ६२ रनको अविजित पारी खेले । उनले २८ बलमा ६ चौका र १ छक्का प्रहार गरे ।जोन्सन चार्लीले १८ बलमा ३ चौका प्रहार गर्दै २४ रन बनाए ।

    लेविस र पोरनले समान १३ रन बनाए भने ओडे स्मिथ १९ रनमा अविजित रहेका थिए । आयरल्यान्डका लागि ग्रेथ डिलानेले सर्वाधिक ३ विकेट लिए । ब्यारी म्याकक्यार्थी र सिमी सिंहले समान १ विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार