Online Nepal
  • बुधबार, १० पुष २०८१
  • आगामी निर्वाचन अग्रगमन शक्ति र प्रतिगमन शक्तिबीचको लडाइँ हो : प्रचण्ड

    आगामी निर्वाचन अग्रगमन शक्ति र प्रतिगमन शक्तिबीचको लडाइँ हो : प्रचण्ड

    अनलाइन नेपाल
  • शुक्रबार, ४ कार्तिक २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर ४ मा हुने निर्वाचन सामान्य नभएको बताएका छन् ।

    काठमाडौं क्षेत्र नम्बर ७ ले आयोजना गरेको शुभकामना आदनप्रदान, निर्वाचन परिचालन समिति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।



    उनले मंसिर ४ को चुनाव संविधानको रक्षा, स्थिरता र समृद्धिका पक्षधरले जित्नुपर्ने बताए । चुनावका लागि अग्रगमन शक्ति र प्रतिगमन शक्तिका बेग्लाबेग्लै गठबन्धन बनेको उनको भनाई छ ।



    यो निर्वाचन अराजकता निम्त्याउने र देशलाई निरंकुशताका बाटोमा धकेल्ने शक्ति तथा संविधान र गणतन्त्र बचाउने शक्तिबीच लडाइँ भएको उनले जिकिर गरे ।

    उनले ब्याटल संविधान जोगाउने शक्तिले जित्नुपर्ने बताए । यस्तै सो कार्यक्रममा अध्यक्ष प्रचण्डले मानुषी यमी भट्टराईमा बच्चा बेलादेखि नै समर्पित भएर लाग्ने गुण भएको स्मरण गरेका छन् । मानुषी काठमाडौं–७ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि साझा उम्मेदवार बनेकी छिन्।

    उनी सहितको टिमले काठमाडौं–७ को विकासमा टेवा पुर्याउने दाबी गर्दै प्रचण्डले गठबन्धन अहिलेको आवश्यकता भएको जिकिर गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार