Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सर्वासाधरणसँग आज टेलिफोन संवाद गर्दै ओली, १ लाख ७१ हजार जनाले टिपाएका छन् नम्बर

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज सर्वासाधरणसँग टेलिफोनमा कुराकानी गर्दै छन् ।

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै ओलीले नागरिसकसँग संवाद गर्न लागेका हुन् ।

उनीसँग टेलिफोनमा कुरा गर्न लाखौँले नम्बर टिपाएका छन् ।

बुधबार अपराह्नसम्म एक लाख १३ हजार ४७७ जनाले नाम र नम्बर टिपाएकोमा बिहीबारसम्म १ लाख ७१ हजार ७८३ जनाले नाम टिपाएका ओलीको सचिवालयले जनाएको छ ।

बिहीबार मध्याह्न १२ बजेसम्म आफ्नो विवरण पठाउन सकिने व्यवस्था सचिवालयले गरेको थियो । सचिवालयले छनोट गरेका व्यक्तिसँग ओलीले टेलिफोनमा कुरा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077