Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माइक्रोबस दुर्घटना हुँदा तीन जना घाइते

दाङ । दाङको तुलसीपुर–अमेलिया सडकखण्डमा माइक्रोबस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । तुलसीपुरबाट नेपालगञ्जतर्फ जादै गरेको भे १ ज ७९२ नम्बरको माइक्रोबस बिहीबार अपरान्ह ४ बजे अनियन्त्रित भएर सडकमै पल्टिएको हो ।

घाइतेमध्ये १ जनाको अवस्था गम्भीर छ भने २ जनाको सामान्य छन् । दुर्घटनमा गाडीका चालक बाँकेको राझाका २७ वर्षका राजन बिक गम्भीर घाइते भएका छन् ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिका – १६ का ५० बर्षका सरिता बस्नेत र दंगीशरण गाउँपालिका – १ बाँकीका २० वर्षका टोपेन्द्र बिष्ट समान्य घाइते भएका छन् ।

उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । गाडिको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । गाडीमा ७ जना सवार थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077