Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गृहमन्त्री खाँण भन्छन् - सीमाको रक्षा गर्ने नेपाली नै सच्चा राष्ट्रवादी

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले सीमा क्षेत्रका बासिन्दाले नै नेपाली भूमिको रक्षा गरेको बताएका छन् ।

रुपन्देहीको सियारी–२ मा पाँच दलीय गठबन्धनले आयोजना गरेको कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा क्षेत्र नम्बर ३ का उम्मेदवार खाँणले यस्तो बताएका हुन् ।

उनले नेपालको एक इन्च भूमि पनि दायाँबायाँ हुन दिनुहुन्न भन्दै सीमा क्षेत्रमा बसेर भूमि जोगाउन लागि परेका नेपाली दाजुभाईहरु नै राष्ट्र र राष्ट्रियताप्रति सच्चा पहरेदार रहेको बताए ।

उनले अहिले धेरैले आफूलाई राष्ट्रवादी बनाउने कोसिस गरिरहेको बताउँदै सबैभन्दा बढी राष्ट्रवादी भनेकै सीमा क्षेत्रमा बस्ने नेपालीहरु भएको दावी गरे ।

सीमा क्षेत्रका बासिन्दालाई सरकारले सधै उच्च सम्मान गर्दै आएको र गरिरहने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077