Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

राप्रपा र जसपालाई संगै लिएर एमाले नेतृत्वमा सरकार बनाउछौँ : केपी ओली

झापा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ४ मंसिरको निर्वाचनपछि राप्रपा र जसपालाई साथै लिएर एमाले नेतृत्वमा सरकार बनाउने बताएका छन् ।

झापाको दमकमा आज भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

ओलीले भने, ‘यो चुनावी तालमेल चुनावसम्मलाई मात्र होइन, चुनावभन्दा पछिसम्म हो । सरकार बनाउँदा पनि उहाँहरूलाई हामी साथै लिएर जान्छौँ ।

किनभने उहाँहरूलाई एमालेको साथ किन लागिस् भनेर पनि हमला गर्न सक्छन् । त्यसबाट उहाँहरूलाई हामीले जोगाउनुपर्छ । हामीले उहाँहरूको साथ लिएका छौँ, साथ दिएका छौँ ।’

उनले झापामा राप्रपाले एमालेलाई पूर्ण सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले चुनावपछि पनि राप्रपा र जसपालाई जोगाउने दायित्व एमालेको भएको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077