Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीले भने - मसँग फोनमा कुराकानी गर्न तयार हो नि?

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग फोनमा कुराकानी गर्नका लागि एक लाख ७१ हजार बढीले नाम र नम्बर टिपाएका छन्।

ओलीले दुई दिनमा १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाएको उनले फेसबुकमार्फत् जानकारी दिएका हुन् ।

अध्यक्ष ओलीले लेखेका छन्, ‘मसँग कुरा गर्न आज दिउँसो १२ बजेसम्म १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाउनु भएको छ। यो उत्साहपूर्ण सहभागिताका लागि मुरीमुरी धन्यवाद।

धेरै सहभागिता भएकाले आज १२ बजेपछि नाम टिप्न बन्द गरिएको सचिवालयले जानकारी दिएको छ। भोलि हाम्रो कुराकानी हुनेछ। हामी तयार छौं नि?’

ओलीले आफूसँग कात्तिक ४ गते कुराकानी गर्नका लागि नाम र नम्बर आफ्नो फेसबुक पेजमा पठाउन बुधबार सामाजिक सञ्जालमार्फत आह्वान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077