Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आफ्ना नागरिकहरूलाई युक्रेन यात्रा नगर्न भारतको अनुरोध

एजेन्सी । भारतले आफ्ना सबै नागरिकहरूलाई युक्रेन यात्रा नगर्न अनुरोध गरेको छ ।

युक्रेनको सुरक्षा अवस्था थप बिग्रिएको भन्दै बुधबार एक एडभाइजरी जारी गर्दै भारतले यस्तो अनुरोध गरेको हो ।

‘बिग्रिएको सुरक्षा अवस्था र युक्रेनमा हालै बढेको शत्रुतालाई ध्यानमा राख्दै, भारतीय नागरिकहरूलाई युक्रेन यात्रा नगर्न सल्लाह दिइन्छ । हाल युक्रेनमा रहेका विद्यार्थीहरू सहित भारतीय नागरिकहरूलाई उपलब्ध माध्यमबाट चाँडो भन्दा चाँडो युक्रेन छोड्न सल्लाह दिइन्छ,' युक्रेनमा रहेको भारतीय दूतावासले आफ्नो ट्विटर ह्यान्डलमा उल्लेख गरेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार चार युक्रेनी क्षेत्रहरूमा मार्सल ल लागू गरेपछि यो सल्लाह आएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077