Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसले कब्जा गरेको युक्रेनी भू-भागमा फौजी शासन लागू

एजेन्सी । रुसले युक्रेनको डोनेट्स्क, लुगान्स्क, खेरसन र जापोरिजझिया क्षेत्रमा ‘मार्शल ल’ अर्थात् सैनिक शासन लागू गरेको घोषणा गरेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसका सबै क्षेत्रका प्रमुखहरुलाई आपतकालीन अधिकार पनि दिएका छन् । फौजी कानुनअन्तर्गत कस्ता कदम चालिनेछन् भन्ने उनले स्पष्ट पारेनन् ।

पछिल्लो समय युक्रेनले प्रत्याक्रमण बढाउँदै लैजाँदा कब्जामा लिएका क्षेत्रमा रुसी सेना ठूलो दबाबमा छ ।

खेर्सनमा युक्रेनी सेनाले आक्रमण गर्ने आकलनका साथ रुसले सो क्षेत्रका बासिन्दालाई स्थानान्तरण गर्न पनि सुरु गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077