Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बझाङ जिप दुर्घटना : १३ जना घाइते अस्पताल भर्ना, धेरैको अवस्था चिन्ताजनक

बझाङ । बझाङको मष्टा गाउँपालिकामा बुधबार दिउँसो जिप दुर्घटना हुँदा घाइते भएका १३ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । बझाङ सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेरेर फर्कंदै गरेको सुपप्र ०१–००१ च ११७ नम्बरको जिप बुधबार दिउँसो दुर्घटनामा परेको थियो ।

दुर्घटनामा घाइतेमध्ये धेरैजसो महिला र बालबालिका रहेका छन् । जिप दुर्घटनामा परेर मृत्यु भएका चार जनाको सनाखत भएको छ । सनाखत हुनेहरुमा मष्टा गाउँपालिका–२ खेतकोटकी १३ वर्षीया सम्झना खड्का, सोही ठाउँका २५ वर्षीय रोशन खड्का, ११ वर्षीय प्रचण्ड खड्का र २८ वर्षीया वसन्ती धामी रहेका छन् ।

अन्यको परिचय खुल्न काँकी छ । जिप सडकबाट करिब दुई सय मिटर तल खोल्सामा खसेर क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077