Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

फ्रि-भिसा र टिकटको आश्वासन बाँड्नेलाई कारबाही हुनुपर्छ : केपी ओली

झापा। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चुनावको मुखमा फ्रि-भिसा र फ्रि-टिकटको आश्वासन बाँड्नेहरूलाई कारबाही गर्नुपर्ने बताएका छन् ।

झापा १ मा आयोजित राप्रपासँगको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले फ्रि-भिसा र फ्रि-टिकटको आश्वासन दिएकोप्रति आपत्ति जनाएका हुन् ।

उनले भने, ‘बारा, रौतहट, डडेल्धुरालगायतका जिल्लामा फ्रि-भिसा र फ्रि-टिकटको कुरा गरेर जनतालाई भ्रम छरिरहेका छन्। त्यस्ता उम्मेदवारलाई निर्वाचन आयोगले तत्काल कारवाही गर्नुपर्छ ।’

मंगलबार रौतहटमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले फ्री भिसा र फ्री टिकट दिएर युवाहरुलाई विदेश पठाइने बताएका थिए।

त्यही भनाइलाई लक्षित गर्दै उनले त्यस्ता नेतालाई कारवाही गरिनुपर्ने बताएका हुन्। बारा क्षेत्र नम्बर ४ प्रचार कार्यालयमा गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठ 'किसान' ले उक्त क्षेत्रका युवाहरुलाई फ्री भिसा र टिकटको लोभ देखाएकोमा पनि उनले आपत्ति जनाए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077