Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • टेलिकमको ‘अटम अफर २०७९’ सञ्चालनमा

    टेलिकमको ‘अटम अफर २०७९’ सञ्चालनमा

    अनलाइन नेपाल
  • बुधबार, २ कार्तिक २०७९
  • 729
    SHARES

    काठमाडौं । नेपाल टेलिकमले अटम अफर २०७९ सञ्चालनमा ल्याएको छ ।

    कम्पनीले उपलब्ध गराइरहेको समर अफरसेवाग्राहीले अत्यधिक रुचाएको पाइएकोले यसमा सोही अफर अन्तर्गत केही प्याकहरुलाई अद्यावधिक र केहीलाई निरन्तरता दिइएको हो ।



    यही असोज २९ गतेदेखि कार्यान्वयनमा ल्याइएको यो अफर बढीमा आगामी ९० दिनसम्म सञ्चालनमा रहने छ ।



    यस अन्तर्गत सजिलो प्रिपेड कम्बो अफर, सजिलो अनलिमिटेड प्रिपेड प्याक, सस्तो प्रिपेड प्याक, अननेट एसएमएस प्याक र इन्डिया कल अफर लगायतका विभिन्न प्याकहरु सञ्चालनमा ल्याइएकोे छ ।

    सजिलो प्रिपेड कम्बो ३४९ अन्तर्गत प्रतिदिन ५०० एमबी डाटा, प्रतिदिन ५० मिनेट (अल नेटवर्क) भ्वाइस र दैनिक ५० वटा (अल नेटवर्क) सन्देश पठाउन सकिने लगायतका सुविधा उपलब्ध छन् ।

    अन्य प्याकहरु र अफरमा पनि विभिन्न आकर्षक सुविधाहरु उपलब्ध रहेको टेलिकमले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार