Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सुधार, चुनावी कार्यक्रममा सक्रिय !

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधार भएको छ ।

तीनदिने चुनावी प्रचार अभियानका क्रममा सहभागी हुन झापा पुगेका ओलीलाई ज्वरो र रुघाखोकीले सताएको थियो ।

तर ओलीले सामाजिक सञ्जलामार्फत आफू बुधबार गृहजिल्ला झापाको कार्यक्रममा सहभागी हुने जानकारी दिए ।

‘दमकबाट शुभप्रभात, नमस्कार १ आज बिहान ११ बजे धुलाबारीमा झापा क्षेत्र नं १ को र २ बजे दमकमा क्षेत्र न ५ को कार्यक्रममा हुनेछु,’ उनले भनेका छन् ।

यसअघि मंगलबार दिउँसो झापा पुगेका ओलीको स्वास्थ्यमा समस्या देखिएपछि दमकस्थित निवासमै आरामरत थिए । उनलाई ज्वरो आएको र औषधि खाएर घरमै आराम गरिरहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077