Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

गृहजिल्ला झापा पुगेका एमाले अध्यक्ष ओली बिरामी

झापा । गृहजिल्ला झापामा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओली बिरामी परेका छन् ।

आफ्नो निर्वाचन क्षेत्र र जिल्लाका अन्य कार्यक्रममा सहभागी हुन झापा पुगेका ओलीलाई ज्वरो, रुघाखोकीले सताएको हो ।

उनी दमक ९ स्थित निवासमा आराम गरिरहेको एमाले नेता तथा झापा-५ ‘ख’ का उम्मेदवार हिक्मत कार्कीले जानकारी दिए।

प्रेस चौतारी झापाले मंगलबार साँझ ओलीसँग पत्रकार सम्मेलन राखेको थियो । यद्यपि, सन्चो नभएका कारण उनी पत्रकार सम्मेलनमा आउन नसकेको कार्कीले बताए।

ओलीलाई ज्वरो आएपछि अन्य आन्तरिक कार्यक्रम र भेटघाट पनि स्थगित गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077