Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कात्तिक ४ गते सर्वसाधारणसँग फोनमा कुराकानी गर्दै ओली, मागे फोन नम्बर !

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वसाधारणसँग टेलिफोन संवाद गर्ने भएका छन् ।

चुनावी अभियानअन्तर्गत ओलीले आगामी शुक्रबार सर्वसाधारणसँग टेलिफोन संवाद गर्न लागेका हुन् ।

मंगलबार फेसबुकमा स्टाटस राख्दै उनले‍ सबैलाई आफ्नो फोन नम्बर उनको फेसबुकको म्यासेज बक्समा छोड्न अनुरोध गरे । कोसँग कुराकानी गर्ने भन्ने तय ओलीको सचिवालयले गर्ने छ ।

ओलीको फेसबुक पेजमा पठाइएका नम्बरबाट उनको सचिवालयले छानेर आफैँ फोन गर्नेछ ।

यसअघि सामाजिक सञ्जालमा रहेका धेरै प्रयोगकर्ताले चुनावी एजेन्डालगायत विषयमा ‘लाइभ डिबेट’ मा आउन आग्रह गरेकोमा आफू त्यसका लागि तयार रहेको पनि ओलीले उल्लेख गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077