Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

घनश्याम भुसालले भने - नेपालको राजनीति ओलीले दुर्गन्धित बनाए

रुपन्देही । रुपन्देही क्षेत्र नं.१ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका घनश्याम भुसालले एमाले अध्यक्ष केपी ओलीले नेपालको राजनीति दुर्गन्धित बनाएको आरोप लगाएका छन् ।

सत्तारुढ गठबन्धनको समेत समर्थनमा उम्मेदवार बनेका भुसालले मंगलबार देवदहमा गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘प्रधामन्त्रीको कुर्सीमा बसेर संसद र संविधानलाई प्रहार गर्ने ओलीले नै नेपालको राजनीति दुर्गन्धित, धमिलो र फोहोर बनाएका हुन् ।’

संसद र संविधानको रक्षाका लागि आफूले पार्टीमा सधैँ संघर्ष गरेको स्मरण गर्दै भुसालले ओलीले अराजनीतिक गतिविधि नगरेको भए मुलुकको राजनीति अहिले अर्कै अवस्थामा पुगिसकेको हुन्थ्यो भन्ने जिकिर गरे ।

ओलीले पार्टीभित्र व्यक्तिवाद लाद्ने र बाहिर अराजनीतिक गतिविधि गरेका कारण पार्टीमा विभाजन आएको उनको आरोप छ । भुसालले आफ्नो उम्मेदवारीले सिङ्गो देशकै ध्यान रुपन्देही–१ मा केन्द्रित भएको पनि चर्चा गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077