Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ओलीलाई लक्षित गर्दै प्रचण्डले भने - गोरुगाढा प्रवृत्तिविरुद्ध लड्न सत्ता गठबन्धन बनेको हो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रवृत्ति अझै नफेरिएको टिप्पणी गरेका छन् ।

ललितपुरमा आयोजित गठबन्धनको चुनावी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले वाम गठबन्धन गर्दा आफूहरुले धोका पाएको बताएका हुन् ।

उनले भने,’१२ बुँदे सम्झौतामा कांग्रेसका तर्फबाट गिरिजाप्रसाद कोइरालाले र एमालेबाट माधव नेपाल र माओवादीबाट मैले हस्ताक्षर गरेका हौँ।

गोरुगाढा प्रवृत्तिविरूद्ध लड्न अहिले १२ बुँदे पक्षधर एकै ठाउँमा उभिएका हौँ ।’

ओलीलाई लक्षित गर्दै प्रचण्डले गोरुगाढा सिद्धान्त भएको नेता अझै नसुध्रिएको बताए। एमालेले देशमा अराजकता ल्याएर सामन्तवादलाई स्थापित गराउन चाहेको उनले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077