Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एकीकृत समाजवादीकी समानुपातिक उम्मेदवार रावल एमालेमा प्रवेश

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य तथा समानुपातिकतर्फकी प्रतिनिधि सभा सदस्य उम्मेदवार रीता रावल नेकपा एमाले मा फर्किएकी छन्।

अध्यक्ष केपी शर्मा ओलीले नेतृ रावललाई सोमबार साँझ बालकोटमा अविर र खादा लगाएर पार्टीमा स्वागत गरेका हुन्। नेतृ रावल संविधान सभाकी सदस्य हुन्।

नेकपा एसको अखिल नेपाल महिला संघकी केन्द्रीय सचिव समेत रहेकी नेतृ रावलले एक अर्कासँग विचार नमिल्ने अपवित्र सत्ताधारी गठबन्धनबाट देश दुर्घटनामा पर्ने देखेर आफू एमालेमै फर्किएको बताइन्।

उनले नेकपा एकीकृत समाजवादीको पनि भविष्य छैन भन्ने आफ्नो निष्कर्ष रहेको बताइन्। नेतृ रावलले नेकपा एमालेलाई छिन्नभिन्न बनाउन सबै लागिरहेको

अवस्थामा आफूूले पार्टी बलियो बनाउने काममा एउटा इँटा थप्न चाहेको बताइन्। उनीसँगै समाजवादी प्रेस संगठन जाजरकोटका सचिव अर्पण रावल पनि एमालेमा फर्किएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077