Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसमा सैन्य विमान दुर्घटना : ६ जनाको मृत्यु, डेढ दर्जन बढी घाइते

एजेन्सी । रुसको एउटा सुपरसोनिक सैन्य विमान दक्षिण शहर यस्कको बस्ती क्षेत्रमा दुर्घटना भएको छ । सो दुर्घटनामा करिब ६ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी डेढ दर्जन बढी घाइते भएका छन् भने ६ जना वेपत्ता भएको जनाइएको छ । युक्रेनको मारियुपोल शहर नजिकै पर्ने यस्क शहरको बस्तीको एउटा अपार्टमेन्टमा दुर्घटनापछि आगो लागेको र नजिकैको विद्यालय खाली गराइएको छ ।

विमानका पाइलटले भने दुर्घटना अघि हाम्फालेका थिए । तर पाइलट पनि घाइते भएको र प्यारासुटसँगै भुइँमा लडेका उनलाई स्थानीयले उद्धार गरेको भिडियो सामाजिक सञ्जालमा आएको छ ।

रुसी रक्षा मन्त्रालयले तालिमका रहेको विमान उड्ने वित्तिकै एउटा इन्जिनमा आगो लागेका कारण दुर्घटना भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077