Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेलेन्स्की भन्छन् - रुसी आक्रमणले युक्रेनीहरूलाई तोड्न सक्दैन

एजेन्सी । रुसले आफ्नो देशमा ड्रोन र मिसाइल आक्रमण सुरु गरेर युक्रेनीहरूलाई तोड्न नसक्ने युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।

रातभरि र बिहानै ‘शत्रु’ ले गरेको आक्रमणले युक्रेनी नागरिकलाई आतङ्कित गरेको उनले बताए ।

रुसले इरानमा बनेको कामिकाजे ड्रोन र मिसाइलले युक्रेनमा आक्रमण गरिरहेको छ । दुस्मनले हाम्रा सहरहरूमा आक्रमण गर्न सक्छ तर हामीलाई तोड्न सक्नेछैन्’ जेलेन्स्कीले भने ।

राजधानी किभका मेयरले दुई जना भग्नावशेषमुनि फसेका र किभको एउटा आवासीय भवनमा क्षति पुगेको पुष्टि गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077