Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मतपेटिका ढुवानीमा सुरक्षा निकायको सवारी साधन प्रयोग नगरौं : आईजीपी अर्याल

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मतपेटिका ढुवानीका लागि सुरक्षा निकायको सवारी साधन प्रयोग नगर्दा उपयुक्त हुने बताएका छन् ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनबारे सोमवार गृह मन्त्रालयमा आयोजित प्रमुख जिल्ला अधिकारीहरूको भर्चुअल बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

मतदानपछि चुनावमा हार्ने पक्षले सुरक्षा निकायको सवारी साधनमा मतपत्र ल्याएकोले आफूहरूले हार्नु परेको आरोप लाग्ने गरेकाले सकेसम्म मतपेटिका ढुवानीको काममा सुरक्षा निकायको सवारी साधन प्रयोग नगर्न उनले सुझाव दिए ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले निर्वाचनमा अन्त्यन्तै संवेदनशील भएर सुरक्षाकर्मीहरु परिचालन गर्नुपर्ने पनि स्पष्ट पारे । निर्वाचनमा एउटा मात्रै युनिटले गल्ती गर्दा पनि त्यसको ‘होल सिष्टम’मा असर पर्ने भएकाले सुरक्षाकर्मीको परिचालन गर्दा विशेष ध्यान दिन उनको आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077