Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

समानुपातिक निर्वाचन प्रणालीको नमुना मतपत्र सार्वजनिक, कुन प्रदेशको मतपत्र कस्तो ? (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रदेशअनुसार समानुपातिक मतपत्रको वास्तविक नमुना सार्वजनिक गरेको छ ।

आयोगले समानुपातिक निर्वाचन प्रणालीका लागि आयोगमा दर्ता रहेका सबै राजनीतिक दलहरूको निर्वाचन चिह्न समेटेर आयोगले वास्तविक नमुना मतपत्र सार्वजनिक गरेको हो।

सोहीअनुसार जिल्लाहरुमा मतपत्र छपाइ भएर जाने आयोगले जनाएको छ । मतपत्रको पहिलो लहरको पहिलो नम्बरमा एमालेको सूर्य चिह्न रहेको छ भने त्यसपछि कांग्रेसको रुख र तेस्रोमा माओवादी केन्द्रको गोलाकारभित्रको हँसिया हथौडा रहेको छ ।

यस्तै चौथोमा जसपाको छाता तथा पाँचौमा राप्रपाको हलो रहेको छ । संघमा समानुपातिकतर्फ ११ जना निर्वाचित हुने व्यवस्था छ ।

निर्वाचन आयोगमा प्रदेशमा समानुपातिक तर्फको निर्वाचनमा भाग लिनका लागि सुदूरपश्चिम प्रदेशमा २३ दल, कर्णाली प्रदेशमा २८ दल, लुम्बिनी प्रदेशमा ३२ दल, गण्डकी प्रदेशमा ३१ दल दर्ता भएका थिए ।

यस्तै बागमती प्रदेशमा ४० दल, मधेस प्रदेशमा ३६ दल र प्रदेश १ मा पनि ३६ दल दर्ता भएका थिए । प्रतिनिधिसभातर्फ भने ४८ दल दर्ता भएका थिए । सोहीअनुसार दलहरुले निर्वाचन आयोगमा समानुपातिकका मनोनयन दर्ता गराएका थिए ।

हेर्नुहोस् प्रदेशअनुसार मतपत्रको वास्तविक नमुना -

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077