Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रत्यक्षतर्फको ४४ लाख २१ हजार मतपत्र छापियो

काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित प्रणाली (प्रत्यक्ष) तर्फ हालसम्म ४४ लाख २१ हजार मतपत्रको छपाइ सकेको छ ।

छपाइ भएकामध्ये प्रदेश सभा सदस्य निर्वाचनका लागि २१ लाख ३८ हजार र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि २२ लाख ५६ हजार मतपत्र रहेका छन्।

समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्रको छपाइ भने यसअघि नै सकिएको छ। हाल जिल्ला जिल्लामा समानुपातिकतर्फको मतपत्र ढुवानी भइरहेको छ।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रदेश सभातर्फ २ करोड १ लाख ८४ हजार तथा प्रतिनिधि सभातर्फ दुई करोड चार लाख मतपत्र छापिएको छ। जनक शिक्षा सामाग्री केन्द्रमा मतपत्र छपाइ भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077