Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सत्यमोहनको सामाजिक क्रियाशीलता मानव समुदायलाई उत्प्रेरणाको स्रोत - प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रचण्डले आज विज्ञप्ति जारी गर्दै जोशीको निधनले स्तब्ध बनाएको बताएका हुन् । जोशीको आज बिहान १०३ वर्षको उमेरमा निधन भएको थियो। उनी विगत २४ दिनदेखि किष्ट अस्पतालमा उपचाररत थिए ।

उनले नेपाली कला, साहित्य र भाषा संस्कृतिलाई नेपाल र विश्वभर चिनाई स्थापित गर्न जोशीले गरेको योगदान उत्प्रेरणाको स्रोत बनेर रहने बताए।

'नेपाली भाषा, साहित्य र संस्कृतिका धरोहर ‘शताब्दी पुरुष’ जोशीको आज बिहान १०३ वर्षको उमेरमा दुःखद् निधन भएको खबरले हामी सबै नेपालीलाई स्तब्ध बनाएको छ । उहाँको निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु,' प्रचण्डद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाली कला, साहित्य र भाषा संस्कृतिलाई नेपाल र विश्वभर चिनाइ स्थापित गर्न उनले गरेको योगदानको स्मरणीय रहने प्रचण्डको भनाई छ । साथै १०३ वर्षको उमेरमा पनि उनको सामाजिक क्रियाशीलता विश्वभरका मानव समुदायलाई उत्प्रेरणाको स्रोत बनेर रहने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077