Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री देउवाद्वारा शताब्दी पुरुष सत्यमोहनप्रति श्रद्धाञ्जली

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा श्रद्धाञ्जली दिँदै प्रधानमन्त्री देउवाले जोशीको निधनको खबरले दुखित तुल्याएको बताएका छन्।

साथै उनले नेपाली संस्कृतिको क्षेत्रमा जोशीले गरेको योगदान राज्यले सधैं सम्झिरहने बताएका छन् ।

उनले लेखेका छन् 'शताब्दी पुरूष सत्यमोहन जोशीको निधनको खबरले निकै दुःखी भएको छु। उहाँले नेपाली संस्कृतिको क्षेत्रमा गरेको योगदान राज्यले सधै सम्झिरहनेछ। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।'

ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा १०३ वर्षको उमेरमा निधन भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गतेदेखि भर्ना भएर उपचार भइरहेको थियो । पछिल्लो समय स्वास्थ्यमा थप प्रतिकूलता देखिएपछि उनलाई सघन उपचार कक्ष ९आईसीयू० मा राखेर उपचार गरिँदै थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077