Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसको सैन्य तालिम केन्द्रमा चल्यो गोली, ११ जनाको मृत्यु

एजेन्सी । रुसी सैन्य तालिम केन्द्रमा शनिवार बन्दुकधारीले गरेको आक्रमणमा ११ जनाको मृत्यु भएको छ ।

सरकारी समाचार एजेन्सी रियाका अनुसार युक्रेनविरुद्ध लड्ने स्वयंसेवकहरुलाई हतियार चलाउने तालिम दिने स्थानमा बन्दुक आक्रमण भएको हो ।

सैन्य तालिमको क्रममा युक्रेनमा लड्न स्वयम्सेवा गरेको एउटा समूहमा दुई व्यक्तिले गोली हानेको समाचार एजेन्सी रियालाई उदृत गर्दै बीबीसीले जनाएको छ।

आक्रमणकारीहरू पूर्व सोभियत गणतन्त्रका रहेको रुसी रक्षा मन्त्रालयले बताएको छ । युक्रेनसँग सीमा जोडिएको रुसको बेल्गोरोड क्षेत्रमा उनीहरूको गोली हानी हत्या गरिएको थियो । घटनामा थप १५ जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077