Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

चुनावी घोषणापत्र बनाउनका लागि एमाले अध्यक्ष ओली लाँकुरी भञ्ज्याङमा

काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दलहरु घोषणापत्र निर्माणको अन्तिम चरणमा छन्।

घोषणापत्रबारे छलफल गर्नकै लागि एमाले अध्यक्ष केपी शर्मा ओली शनिबार ललितपुरको लाँकुरी भञ्ज्याङस्थित एक रिसोर्टमा पुगेका हुन्। नेकपा एमालेले पनि घोषणापत्रलाई अन्तिम रुप दिने तयारी गरेको छ।

उनको साथमा महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल,शहरी विकास विज्ञ एवं राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व प्रमुख सुशील ज्ञवाली पनि गएका छन्।

ओलीको सचिवालयका अनुसार द टेरेसेस रिसोर्टमा नेताहरु घोषणापत्र निर्माणको काम गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077