Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निर्वाचन आयोगद्धारा तीनवटा चुनाव चिह्नमा हेरफेर

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनका लागि निर्धारित चिह्नमध्ये तीन वटामा सामान्य हेरफेर गरेको छ।

आयोगको असोज २७ गतेको निर्णयअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्यको निर्वाचन निर्देशिका, २०७९ को दफा ८७ ले दिएको अधिकार प्रयोग गरी ती निर्वाचन चिह्नको अनुसूचीमा रहेको आकारमा हेरफेर गरिएको हो।

चिह्न भने उही रहेको छ। निर्वाचन आयोगमा अभिलेखमा रहेको निर्वाचन चिह्नको नाम र चिह्नमा केही भिन्नता देखिएको र आयोगमा रहेको अभिलेख र निर्देशिकामा रहेको विवरणबीच भिन्नता पाइएकाले उक्त निर्णय गरिएको हो।

उक्त निर्णय बमोजिम प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची २९ को क्रम सङ्ख्या १३ मा रहेको हाम्रो नेपाली पार्टीको निर्वाचन चिह्न लौरो र

अनुसूची-३० को खण्ड 'क' मा रहेका प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रयोजनका लागि राखिएको स्वतन्त्र उम्मेदवारको निर्वाचन चिह्न अन्तर्गत डोजर र क्रस खुकुरी निर्वाचनमा समेत हेरफेर गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077