Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देउवासँग प्रतिस्पर्धा गरेका सागर ढकालले आफैलाई भोट हाल्न नपाउने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिएका सागर ढकालले आफैलाई भोट हाल्न नपाउने भएका छन् ।

प्रतिनिधिसभा निर्वाचनमा मतदाता नामावली भएको क्षेत्रभन्दा बाहिर उम्मेदवार बनेकाहरुले आफैँलाई भोट हाल्न नपाउने भएकाले ढकालले आफैलाई भोट हाल्न नपाउने भएका हुन् ।

निर्वाचन आयोगले मतदाता नामावली भएको क्षेत्रभन्दा बाहिर उम्मेदवार बनेकाहरुले भोट हाल्न नपाउने जनाएको छ । त्यस्ता उम्मेदवारले प्रत्यक्षमा मात्र नभइ समानुपातिकमा समेत मतदान गर्न नपाउने भएका छन्।

सुदूरपश्चिममा यस्ता उम्मेदवारमा सागर ढकाल पनि रहेका छन्। ढकालले आफूलाई मत हाल्न पाउने छैनन्।

गुल्मीका सागर डडेल्धुराबाट उठेका छन्। ढकाल प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासंग प्रतिस्प्रधा गर्ने छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077