Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सुदूरपश्चिम एमालेका पाँच बागी उम्मेदवार पार्टीबाट निष्कासित

काठमाडौं । नेकपा एमालेले बागी उम्मेदवारी दिने पाँच नेतालाई पार्टीबाट हटाएको छ । प्रतिनिधि र प्रदेशसभा सदस्यमा बागी उम्मेदवारी दिएका पाँच जनालाई पार्टीले निष्कासन गरेको हो।

एमालेले सुदूरपश्चिम प्रदेश कमिटी सदस्यद्वय टेकबहादुर हमाल र खेम सुवेदी तथा केन्द्रीय सल्लाहकार परिषद् सदस्य भक्तबहादुर अधिकारी, राष्ट्रिय मुक्ति समाजका केन्द्रीय सदस्य विजयसिंह मयाल र टेकबहादुर साउदलाई पार्टीबाट निष्काशन गरेको छ ।

एमालेले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका पार्टीको विभिन्न जिम्मेवारीमा रहेका ५ जनालाई पार्टीको विधानको धारा ८० को ६ बमोजिमको गम्भिर प्रकृतिको

अनुशासन उल्लंघन गरेकोले पार्टी बिधान तथा पार्टी केन्द्रको यस अघिको नीतिगत निर्णय अनुसार निजहरुलाई पार्टी सदस्य समेत नरहने गरि सम्बन्धित कमिटीबाट कारबाही भएको ब्यहोरा जानकारी गराउँदछु।’

सुवेदीले कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १, अधिकारीले क्षेत्र नम्बर १ को प्रदेशसभा (क), हमालले कञ्चनपुर २ को प्रदेशसभा (क)साउँदले कञ्चनपुर क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) र मयालले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा बागी उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077