Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

खेलाडीलाई ओलीको शुभकामना - पोखरा रंगशालामा आउन नपाए पनि खेल हेर्छु

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीलाई आफू पोखरा आउन नपाए पनि खेल हेर्ने भन्दै शुभकामना दिएका छन्।

आजबाट औपचारिक उदघाटन हुन लागेको खेलको शुभकामना दिँदै उनले प्रतियोगिता हेर्न रंगशाला आउन नपाएपछि खेलाडीहरुका खेल हेर्ने बताएका हुन्। उनले खेलाडीहरुलाई शुभकामना समेत दिए ।

ओलीले सामाजिक संञ्जाल फेसबुकमा लेखेका छन् ,'खेलाडी साथीहरु ! नवौं राष्ट्रिय खेलकूद प्रतियोगिता सफलताको तपाईंहरु सबैलाई भब्य शुभकामना । पोखरा रंगशालामा आउन नपाए पनि तपाईंहरुको खेल म हेर्ने छु ।'

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक रुपमा आजदेखि पोखरामा सुरु हुँदैछ । प्रतियोगिता अन्तर्गतका खेलहरु एक महिना अघिदेखि नै जारी रहे पनि औपचारिक उदघाटन समारोह भने आज हुन लागेको हो ।

अपराह्न साढे तीन बजे पोखरा रंगशालामा उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतियोगिता उदघाटन गर्ने छन् । औपचारिक रुपमा शुक्रबारबाट सुरु भएको प्रतियोगिता आगामी कात्तिक ३ गते सकिने छ । समापन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077