Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चितवनको युनाइटेड बेभरेज कम्पनीको पल्पी जुस उद्योगमा आगलागी

काठमाडौं । चितवनको एक जुस उद्योगमा आगलागी भएको छ । रत्ननगर नगरपालिका–१० स्थित युनाइटेड बेभरेज कम्पनीको पल्पी जुस उद्योगमा आगलागी भएको हो ।

आज बिहान ४ बजेदेखि आगो लागेको हो । आगो करब चाढे चार घन्टापछि नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ ।

आगो निभाउन खैरहनीका दुई र भरतपुरको एउटा दमकल तथा एउटा डोजर प्रयोग गरिएको थियो। उद्योगभित्र रहेका प्लास्टिकका ड्रम, कार्टुन र केमिकल राखिएका भाँडा जलेर नष्ट भएका छन्।

विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077