Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निर्वाचन आयोगद्धारा आजदेखि प्रत्यक्षतर्फको मतपत्र छपाई सुरु, ४ सय ९५ प्रकारका मतपत्र छापिने

काठमाडौं । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि आजदेखि मतपत्र छाप्न सुरु गरेको छ ।

उम्मेदवारको मात्र निर्वाचन चिन्ह रहने गरी पहिलो हुने निर्वाचित प्रणालीतर्फको मतपत्र छपाई बिहीबारबाट सुरु गरेको हो ।

पहिलो हुने प्रणालीतर्फ प्रत्येक निर्वाचन क्षेत्रका छुट्टाछुट्टै हुनेगरी ४ सय ९५ प्रकारको मतपत्र छापिने आयोगले जानकारी दिएको छ ।

मतपत्र छपाई जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले छपाई गरिरहेको छ ।

मतपत्र छपाईमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ । आयोगले बुधबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिरसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077