Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्वतन्त्रका चुनाव चिह्न पुतलीदेखि घण्टाघरसम्म

काठमाडौं । मंसिर ४ को निर्वाचन प्रयोजनका लागि स्वतन्त्र र दलका बागी उम्मेदवारी दिएका उम्मेदवारहरूलाई निर्वाचन आयोगले बुधबार चुनाव चिह्न प्रदान गरेको छ ।

पार्टीभन्दा फरक रहेर स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारहरूलाई आयोगले पुतली, लौरो, त्रिभुज, सिरिन्ज, कैंचीलगायत फरक–फरक चुनाव चिह्न प्रदान गरेको छ ।

नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लड्न डडेल्धुराबाट मनोनयन दर्ता गराएका स्वतन्त्र उम्मेदवार सागर ढकालले ‘सिरिन्ज’ चुनाव चिह्न पाएका छन् ।

त्यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र झापा– ५ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका युग पाठकलाई पुतली चुनाव चिह्न परेको छ ।

नेपाली कांग्रेसका नेता रामचचन्द्र पौडेलसँग भिड्न तनहुँ–१ को प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले ‘कैंची’ चुनाव चिह्न पाएका छन् । जोशीले गत निर्वाचनमा समेत पौडेलको खिलापमा बागी उठेर पौडेललाई हराउन भूमिका खलेका थिए । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077